Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालाजुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p>साउन २९, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो ।&nbsp;</p><p>महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा मृत्यु भएको जानकारी दिनुभयो ।&nbsp;</p><p>मृत्यु हुने नेपाली नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।&nbsp;</p>