पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ३०, काठमाडौ । </b>जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ । <br></p><p>नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यावसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे केन्द्रित गरेको थियो । </p><p>छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संगठनका प्रवासीसंघका प्रतिनिधिसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायत विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।</p>

