Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप चार मुलुकसँग हवाई सम्झौताको तयारी

By साझासवाल 2 मिनेट पढाइ

भदौ २२, काठमाडौं । सरकारले थप चार देश फिनल्यान्ड, इन्डोनेशिया, रुस र अस्ष्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ ।

हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरेका देशमध्ये फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुची देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यी मुलुकमध्ये रुस पहिले सम्झौता तथा उडानसमेत भएको तर हाल उडान बन्द भएको मुलुक हो ।

अन्य मुलुक नयाँ हुन् । नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कम्बोडिया हो । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।