Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २५, काठमाडौं । घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन् ।

‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने,‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिती आएको छ ।

’ सम्झौता गरेर घरभाडामा बसेपनि घरधनीले २ वर्ष नहुँदै घरखाली गर्न चेतावनीसमेत दिने गरेका छन् ।

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ मा घरभाडामा लिँदा बढीमा ५ वर्षका लागि सम्झौता गर्न सकिने व्यवस्था छ । यो समाचार कारोबार दैनिकमा छ ।