Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

By साझासवाल 2 मिनेट पढाइ

भदौ २९ तेहरान (रासस-एएफपी)  । साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ ।

इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन रहेको बताउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत शनिबार साउदी अरेबियामा भएको ड्रोन हमला इरानले गरेको आरोप लगाउनुभएको थियो । ड्रोन आक्रमणका कारण साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरुले उक्त हमलाको जिम्मेवारी लिएका छन्, तर पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गर्नुभएको छ ।

हुथी विद्रोहीले गरेको भनिएको ड्रोन आक्रमणबाट साउदी अरेबियाको पूर्वी प्रान्तका अब्का र खुराइसका तेल उद्योगमा ठूलो क्षति पुगेको छ ।