असोज ६, (रासस/एएफपी) । केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताउनु भएको छ ।

सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ ।

घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो ।

यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ ।

September 23, 2019
काठमाडौँ - KTM, समाज
कक्षाकोठा भत्किँदा सात बालबालिको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ