Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चालक अनुमतिपत्रका लागि चार लाख कार्ड ल्याइयो

By साझासवाल

<p>असोज ९, काठमाडौँ&nbsp;&nbsp;। ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।</p><p>‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो । केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्ने उहाँले बताउनुभयो । “कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ”, खनालले भन्नुभयो । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउनसकेका छैनन् ।</p><p>सरकारले चार वर्षअघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेको हो ।&nbsp; देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ । </p><p>अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।&nbsp;</p>