पढ्न करिब 1 मिनेट लाग्छ

असोज २७, काठमाडौँ | भोलीदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको लागि १५ सय प्रतिनिधि काठमाडौंमा आईपुगेका छन् । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्ने सम्मेलनमा भाग लिन विभिन्न देशबाट १५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिसकेको अधिकारीहरुले जानकारी दिएका छन् । जसमध्ये १३ सय जनाले नामसमेत दर्ता गराइसकेका छन् ।

मंगलबार र बुधबार दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट एनआरएनएको नयाँ नेतृत्वसमेत चयन हुँदैछ । सम्मेलनबाट बिभिन्न १४ पदका लागि ४२ जना चयन हुनेछन् ।

एनआरएनएको आगामी नेतृत्वका लागि हालसम्म जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।