२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला प्रकरणमा डाक्टर सहित पाँच जना पक्राउ

२०७६, २९ आश्विन बुधबार १६:३३

असोज २९, काठमाडौँ | नेपाल प्रहरीले ललितपुरको निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । 

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक व्यक्तिको नाममा नक्कली व्यक्ति खडा गरी मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न पाँच जनालाई आज दिउँसो पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौँका विपेन्द्र प्रधान, डा राजेश पन्त, ललितपुरका रामचन्द्र आले, कञ्चनपुरका कुमुदकुमार भट्टराई र रामेछापका शङ्करलाल लामा रहेका छन् । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले निदान अस्पतालमा अर्काको नाममा मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिनुभयो । 

पक्राउ परेका व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना