Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

By साझासवाल 2 मिनेट पढाइ

<p><b>कात्तिक २, काठमाडौँ |</b> छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।&nbsp;<br></p><p>आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो ।</p><p>भिटामिन ‘ए’ प्रदेशभरिमा चार लाख ४२ हजार ८०२ लाई र जुकाको औषधि तीन लाख ८९ हजार ९३३ लाई खुवाउन आठ हजार ९७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ । रासस&nbsp;</p>