पढ्न करिब 2 मिनेट लाग्छ

कात्तिक ३, काठमाडौँ | पश्चिमी वायुको प्रभावले देशभर आङ्शिक बदली भई चिसो बढ्दैछ गएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०३ देखि २०७६/०७/०५) जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ । जस अनुसार यस्तो रहनेछ कात्तिक ५ गतेसम्मको मौषमको अवस्था यस्तो रहनेछ:

कार्तिक ०३ गते (आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०४ गते (सोमबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती: देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०५ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराई भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका १/२ स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भुभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।