Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय १ महिना थप

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मनोज पराजुली | कार्त्तिक ७, काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय थप गर्ने निर्णय गरेको छ ।

श्रम मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरि कोषमा आवद्ध हुने समय १ महिना थप गर्ने निर्णय भएको समाजिक सुरक्षाका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

सरकारले गत वर्ष मंसिर ११ गते घोषणा गरि  साउन १ गतेबाट समाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि २ पटकसम्म समयसिमा दिएर म्याद तोकेको थियो । तर तोकिएको म्याद भित्र पनि उल्लेख्य संख्यामा रोजगारदाता तथा श्रमिकहरु कोषमा आवद्ध भएका छैनन् । सामजिक सुरक्षा कोषबाट ४ प्रकारका सुविधाहरु उपलब्ध हुनेछन् । जस अनुसार औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्धअबस्था सुरक्षा योजना रहेका छन् ।

कोषमा असोज मसान्तसम्म ८ हजार ८ सय १८ रोजगारदाता तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको कोषका कार्यकारी निदेशक ज्ञवालीले जानकारी दिए । साथै असोजसम्म ७ करोड ६५ लाखभन्दा बढी रकम संकलन भएको उनले बताए ।