कात्तिक २०, काठमाडौं । भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ ।

उहाँले भन्नुभयो, ‘अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव परेको छैन तर पश्चिम तराईमा प्रश्यक्ष अप्रत्यक्षरुपमा धुलोका कण मिश्रित वायु आइरहेको हुन्छ ।’

नेपालका तराईका भू–भागमा काठमाडौं उपत्यकता र अन्यत्रका पहाडी भेगको मौसम धुमिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको पौडेलको भनाई छ । भारतकै उत्तर प्रदेश र पवहारको वायुले सामान्य अवस्थामा समेत नृवालल भित्रिने गरेको वातावरणविद्ले बताए ।

उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुँवा, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा नेपालभित्र पनि प्रदुषण बढ्ने गरेको उनीहरुको ठहर छ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

November 6, 2019
काठमाडौँ - KTM, समाज
दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि
By साझासवाल
3 मिनेट पढाइ