Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

By साझासवाल 4 मिनेट पढाइ

कात्तिक २३, (रासस/सिन्ह्वा) । ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त हुनुभएको छ । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उहाँलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उहाँले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आउनुभएको थियो ।

वकर्स पार्टी (पिटी) का नेतासमेत रहनु भएका पूर्व राष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उहाँका धेरै समर्थकहरुले नारावाजी गर्दै स्वागत गरेका थिए ।

उहाँलाई ब्राजिलको सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको हो । ब्राजिलमा एउटा मुद्धामा तीन पटकसम्म पुनरावेदन गराउन पाइने व्यवस्था भए अनुसार पुनरावेदन गराएपछि उहाँलाई रिहा गरिएको जनाइएको छ ।

पुनरावेदनका लागि निवेदन दिइएको मुद्धाको अन्तिम किनारा नलागेसम्म उहाँलाई थुन्न नपाईने अदालतको आदेश रहेको अधिकारीहरुले जनाएका छन् ।

न्यायाधिश डानिलो पेरेइरा जुनिरको इजलाशले पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो । पूर्व राष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचार सम्वन्धी मुद्धामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो ।

उहाँले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै अस्विकार गर्नुभएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्धा लगाइएको उहाँको भनाई रहदै  आएका छ  ।

लुलाले सत्तामा रहँदा पदको अनावशयक फाइदा उठाइ  आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उहाँलाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो ।

ब्राजिलमा अहिले पनि निकै लोकप्रिय नेता लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो ।