Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

२०७६, ३० कार्तिक शनिबार १५:४२

कात्तिक ३०, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गर्नुभएको छ । नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उहाँले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन उहाँले आग्रह गर्नुभएको हो । 

नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पु¥याउन भ्रमण वर्ष फलदायी हुने बताउनुभयो । नेपालको भूबनोट तराईदेखि हिमालसम्म फैलिएको उहाँको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उहाँले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गर्नुभयो । 

विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सो सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आफू विश्वस्त भएको मन्त्री भट्टराईको भनाइ थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासङ्घलाई अघि वढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकामा सबैलाई धन्यवाद दिँदै सफलतापूर्वक सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । 

क्षेत्रीय होटल सङ्घ चितवन सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले भ्रमण वर्षको निम्तो आ–आफ्नो देशमा पु¥याइदिन आग्रह गर्नुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार दक्षिण अफ्रिकाका गिल्सको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन भएको छ । आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरी निर्णय गर्ने थपलियाले जानकारी दिनुभयो । 

सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ । थपलियाका अनुसार घोषणा पत्रमा रेन्जरका हकहित, रेन्जर र समुदायबीचको सम्बन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावी दिनमा रेन्जरले गर्नुपर्ने कार्य समावेश गरिएको घोषणापत्र जारी भएको छ ।   

चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा एशियामै पहिलो पटक नेपालमा उक्त सम्मेलन आयोजना गरिएको हो । सन् १९९५ देखि शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा आयोजना गरिँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन २०१६ मा अमेरिकामा भएको थियो ।

सम्मेलनमा नेपालसहित ७२ देशका ५२६ प्रतिनिधि सहभागी थिए । विदेशी प्रतिनिधिको सङ्ख्या ४८४ रहेको थियो । नेपालले चोरी शिकार नियन्त्रणमा गरेको उल्लेख्य प्रगतिका साथै पाँच पटक गैँडाको शून्य चोरीशिकार वर्षसहित संरक्षण प्रयासमा देखाएको उत्कृष्टताका कारण नेपाललाई चयन गरिएको थियो । विश्वव्यापी “टिएक्स २” लक्ष्यको एक हिस्साका रुपमा नेपालले आफ्नो बाघ संख्या पनि झण्डै दोब्बर गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली