<p><b>मङ्सिर १२, काठमाडौँ | </b>अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ । <br></p><p>पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो । </p><p>काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भट्टराईबाट रु ३० लाख तथा सरावगीबाट रु आठ लाख १२ हजार बरामद गरेको हो । </p>
November 28, 2019
काठमाडौँ - KTM, समाज
हुण्डी कारोवारको ३८ लाख रकम बरामद, दुइ जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










