Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर चिसो बढ्यो

२०७६, ३ पुष बिहीबार ११:३२

पुस ३, काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ ।  बुधबार उपत्यकाको  न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । 

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ । “चिसो अझै बढ्ने क्रममा छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । 

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु÷कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् । 

त्यस्तै महाशाखाले बिहीबार आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गदैँ तराईका भू–भागमा हिजो भन्दा आज मौसममा क्रमिक सुधार हुदैँ गए तापनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनता तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । सबै भन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली