२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीलाई बलि चढाउन भारत लैजान लागेको आरोपमा ७ जना पक्राउ

२०७६, १० पुष बिहीबार १५:३०

पुष १०, काठमाडौँ | मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पुर्याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङकी २४ वर्षीया दिलकुमारी बुढा मगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २३ वर्षीया प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी  छन् । 

परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङकी प्रेममायाले म्युजिक भिडियोमा मोडलिङ गर्न ६ फिट उचाइ भएकी युवती चाहिने भनेर एक युवतीको हाइट नापेर विराटनगरमा रहेका उमेश शाहलाई पठाएर शाहको आग्रहअनुसार युवतीलाई विराटनगर हुँदै भारत लाने क्रममा पक्राउ गरिएको जानकारी दिएको हो । भारत लानुपूर्व काठमाडौँमा रहेकी पीडित युवतीलाई पक्राउ परेकाहरुले महिनावारी भए नभएको, घाउ भएनभएको तथा शल्यक्रिया भए नभएको सोधेका थिए । पक्राउ परेकाहरुले उक्त कुरा सोधेसँगै पीडित युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । 

पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । पीडित युवतीले पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर गएको थियो । “पीडित युवतीलाई काठमाडौँबाट विराटगर जाने हवाई टिकट र खर्चसमेत पक्राउ परेका कृष्ण तामाङले पठाएको अनुसन्धानमा खुलेको छ”, परिसर प्रमुख सुवेदीले भन्नुभयो ।  

पीडित युवती पक्राउ परेकी  बुढाका साथमा विराटनगर गएको अनुसन्धानमा खुलेको छ । हवाइजहाजबाट विराटनगर पुगेकी पीडित युवतीलाई अभियुक्त कृष्ण  र  शाहले भ्यानमा राखेर विराटनगर जलजलाचोकस्थित कालीमन्दिर धर्मशालामा लगेर राखेका थिए । 

पीडित युवतीलाई विराटनगरबाट मोडलिङ गराउने भन्दै पूजाका सामान किनेर जोगबनी पारि लैजाने योजना बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको र पीडित महिलालाई उद्धार गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । “पक्राउ परेका व्यक्तिले मोटो रकम पाउने आशामा युवतीलाई भारत लैजान लागेको अनुन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनाको मुख्य योजनाकार  पोदार भएको परिसरले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये उमेश जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेको व्यक्ति भएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले रु एक लाख नौ हजार ५०० नगद, विभिन्न बैंकको नौ लाख एक हजार बराबरको चेक, कालो रङ्गको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको दुई जन्तर र तान्त्रिक पूजाका सामाग्रीलगायत बरामद गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली