Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ बसपार्कको विकृति अन्त्य गरिने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुष २६, काठमाडौँ | नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आज यहाँ आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमालाई शान्त, सुन्दर बनाउन यहाँको शान्ति सुरक्षालाई व्यवस्थित बनाउनु जरुरी रहेको बताउनुभयो । “नयाँ बसपार्कभित्र देखिएको विकृति विसङ्गति अन्त्यका लागि सुरक्षा योजना बनाएर आजैदेखि थप प्रहरी परिचालन गछौँ”, उहाँले भन्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउनुभयो । समाजमा हुने बेविचार, दूराचार र भ्रष्ट्राचार अन्त्य गरेमात्र मुलुकको विकास हुने उहाँको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमण वर्षमा आउने विदेशी पाहुनालाई नयाँ बसपार्कमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । “बसपार्क शान्त, सुन्दर र अपराधमुक्त भएमात्र यहाँको व्यवसायीको व्यवसाय राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोँगङ्बु क्षेत्रमा देखिएको विकृति अन्त्य प्रहरी एक्लैले गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि स्थानीय बासिन्दाको समेत सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

केन्द्रका अध्यक्ष राकेश सिंह, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, नेपाल कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्मालगायतले नयाँ बसपार्कमा हुने विकृति अन्त्यका लागि प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस