२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी २४ घन्टाको मौसम कस्तो छ ? हेर्नुहोस

२०७६, ३ माघ शुक्रबार ०४:४३

माघ ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको कारण नेपालको पश्चिमी, मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली भएको जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार शुक्रबार (आज) दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछमहाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

भोलि (शनिबार) दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रहनेछ । पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ ।

 त्यस्तै माघ ५ गते (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ। आइतबार राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट