Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पनि प्रविधिले धोखा दिएपछि …

२०७६, २१ माघ मंगलवार ११:०३

डेस मोइन्स,  माघ २१, (रासस-एपी)  । अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् । 

आयोवा डेमोक्र्याटिक पार्टीले मङ्गलबार अपराह्न मात्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । पार्टीले मतपत्र मार्फत भएको मतदान र विद्युतीय मतदानलाई जाँच गरेर मात्र नतिजा सार्वजनिक गर्ने स्पष्ट गरेको छ ।

पार्टीका अध्यक्ष ट्रोए प्राइसले कम्प्युटर प्रणाली ह्याक वा कुनै अवरोधका कारण नभई रिपोर्टिङमा मात्र समस्या देखिएको स्पष्ट गर्नुभयो । नयाँ मोबाइल एपमा समस्या रहेको पार्टीका समर्थकहरुले पहिल्यै औंल्याएका थिए । पार्टीले नतिजामा गडबडी नहोस् भन्नका लागि एक एक गरी मतपत्र गणना गर्न निर्देश दिएको छ । 

डेस मोइन्स काउन्टीका डेमोक्र्याटिक पार्टीका अध्यक्ष टम कर्टनीले पनि मोबाइल एपमा समस्या देखिएको भन्दै मतदाताहरुले गुनासो गरेको बताउनुभयो । समस्याका बारेमा जानकारी गराए पनि पार्टीको केन्द्रीय कार्यालयले चित्तबुझ्दो जवाफ नदिएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन बर्नी स्यान्डर्स, जो बाइडेन, पिट बुटिगीग समेतका वरिष्ट नेताहरु आयोवाको प्रारम्भिक नतिजालाई व्यग्रताका साथ पर्खिरहनु भएको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुले डेमोक्र्याटिक पार्टीभित्र फेरि प्रारम्भिक चुनावमा धाँधली हुन लागेको भन्दै व्यङ्ग्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध