फागुन ४, काठमाडौं । अवैध कार्यमा संलग्न ५७ जनालाई प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत सञ्चालित स्विप अपरेसनका क्रममा गएराति ५७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत छन् । नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् ।

पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिए । अपरेसनका क्रममा प्रहरीले १ सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरेको छ ।

गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाएको छ । जसअन्तर्गत यसअघि दर्जनौं पक्राउ परिसकेका छन् ।

February 16, 2020
काठमाडौँ - KTM, समाज
नयाँ बसपार्क क्षेत्रमा प्रहरीद्वारा स्विप अपरेसन, ५७ जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ