<p><b>फागुन १५, काठमाडौँ ।</b> फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । </p><p>पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।</p><p> उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । </p><p>पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ । </p>
February 27, 2020
काठमाडौँ - KTM, समाज
फ्रान्स पठाइदिन्छु भनी ३८ लाख ठगी गर्ने एक महिला पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










