फागुन २२, जलेश्वर । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई सो स्थानमा विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै घाइते उहाँको मृत्यु थियो ।

सोही दुर्घटनामापरी रामेछाप जिल्ला मन्थली नगरपालिका–५ बस्ने ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते हुनु भएको र उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ ।

March 5, 2020
काठमाडौँ - KTM, समाज
महोत्तरीमा टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक जना घाइते
By साझासवाल
2 मिनेट पढाइ