Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जापानी ठेकदार कम्पनीले किन गर्‍यो सेनाको विस्फोटक पदार्थ अस्वीकार ?

By साझासवाल 4 मिनेट पढाइ

फागुन २४, काठमाडौं । जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ।

सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधबार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो।

विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाएपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभागलगायत परामर्शदाता (निप्पोन कोईलगायत) लाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ।

नेपालमै उत्पादित विस्फोटक पदार्थ उपयोगका लागि नेपाली सेनाले गरेको आग्रह महत्वपूर्ण नभएको हाजमाको दाबी छ।

नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ उपयोग गरेको कुनै अभिलेख वा डाटा उपलब्ध भएको प्रमाण नभेटिएकाले हाजमा आयोजनाको समय–सीमालाई मध्यनजर गर्दै विस्फोटक पदार्थ आयातका लागि विचार गर्न बाध्य भएको पत्रमा जनाइएको छ। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

नेपाली सेनाले विस्फोटक (डिटोनेटर्स), तार जस्ता विस्फोटक पदार्थसँग सम्बद्ध अन्य सामग्री (एक्सप्लोसिभ एसेसोरिज) उत्पादन नगरेकाले खरिद प्रक्रियामा जटिलता आउने उसले जनाएको छ। ‘यसबाहेक अहिलेको विश्वव्यापीकरणको जमानामा हामी अभैm खुला बजार प्रतिस्पर्धामा विश्वास गर्दछौं र माथिका कुरालाई विचार गर्दा के निष्कर्ष निस्कियो भने हाम्रो कम्पनीको हित र सुरक्षाका दृष्टिले विस्फोटक पदार्थ आयात गर्नु धेरै लाभदायी देखियो,’ पत्रमा छ, ‘यद्यपि, भविष्यमा हामीले उठाएका चासो सम्बोधन भएमा नेपालमा उत्पादित विस्फोटक पदार्थ उपयोग गर्ने बाटो बन्द गरेका छैनौं।’