Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँमा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार

By kit 2 मिनेट पढाइ

<p><b>चैत ५, काठमाडौं | </b>काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरीमाथि सामुहिक बलात्कार भएको छ | तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी माथि बलात्कार भएको हो |<br></p><p>महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठजका अनुसार किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल पक्राउ गरिएको छ | पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का रहेका छन् |</p><p>पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |</p>