Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एयरपोर्टमा ३ घन्टासम्म नारावाजी: साढे ३ घन्टापछि यात्रु ओरालियो

By साझासवाल 3 मिनेट पढाइ

चैत ९, काठमाडौं । कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि विमानस्थलमा रोकिएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ ।

करिब साढे ३ घन्टासम्म यात्रुको नारावाजीपछि विमानस्थल प्रशासनले यात्रुलाई ओरार्ने निर्णय गरेको हो । सिंगापुरबाट आएको उक्त विमानमा रहेका प्रतिबन्धित मुलुकका विदेशी पनि नेपाली मुलकै व्यक्ति रहेको जनाइएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले यात्रुलाई ओरालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइन, आइसोलेसन वा होम क्वारेन्टाइन मध्ये एकमा यात्रुलाई राखिनेछ ।’

सिंगापुरबाट आएको विमानका यात्रुलाई ओर्लिन दिइएन

सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका थिए । उनीहरुले पनि केहीबेर विमानस्थलमा होहल्ला गरेका थिए । अहिले भने होटलमा लगेर राखिएको छ ।

नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै यसअघि विदेशी विमान कम्पनीहरुले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए ।

अध्यागमन विभागका अनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।