Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वीरगन्जका व्यवसायीलाई कोरोना संक्रमण नभएको पुष्टि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ९, काठमाडौँ | कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो । कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो ।

इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताएका थिए तर ल्याबको नतिजाले कोरोना नेगेटिभ देखाएको हो ।

रुगंटाको पुन: परिक्षण गरिने भएको छ । जसको लागि उनको दोस्रो पटक परीक्षणका लागि पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमुना पठाएको छ ।