चैत ११, काठमाडौँ (रासस) |विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

कोरोना भाइरसको जोखिमवाट वच्न सरकारले मङ्गलबारदेखि गरेको लक डाउनमा कैलालीको सुखड्मा चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिँदै प्रहरी । तस्बिर: प्रकाश मिश्र ,रासस

March 24, 2020
काठमाडौँ - KTM, समाज
आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
By साझासवाल
3 मिनेट पढाइ