Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपालमा छैटौं कोरोना भाइरस संक्रमित फेला, कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए

By साझासवाल

चैत २०, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका एक जनामा पनि कोरोना संक्रमण भेटिएपछि संक्रमितको संख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित, दोस्रो संक्रमित र छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए।

ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।

यसअघी बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ पुगेको थियो । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा गत शनिबार संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पहिलो संक्रमित व्यक्ति चीनबाट आएका थिए जो निको भईसकेका छन् । हाल ५ जना उपचारकै क्रममा छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

त्यसपछि तेस्रो व्यक्तिमा कोरोना भेटियो । उनि धादिङका ३२ बर्षीय पुरुष थिए । उनि एयर अरेवीयाबाट नेपाल आएका थिए । त्यस्तै चौथो व्यक्ति धनगढीका पुरुष थिए । त्यसपछि पाँचौं व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो । उनि बाग्लुङकि थिइन । उनि पनि कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन ।

यससंगै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएका ३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।