Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा कोरोना संक्रमितको शंख्या ३२ पुग्यो

By साझासवाल 3 मिनेट पढाइ

वैशाख ९, काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

तथ्यांकमा कोरोना - नेपाल

संक्रमित: ३२ जना

निको भएको : ४ जना

मृत्यु: ० जना

अपडेटः २०७७ वैशाख ९ ।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय