Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौं स्थित केन्द्रीय कारागारमा खटिएका दुई नर्समा कोरोना आरडीटि पोजेटिभ

By साझासवाल 3 मिनेट पढाइ

वैशाख ९, काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुको स्वाव पिसिआर परीक्षणको क्रममा छ । उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । टेकु अस्पतालकै आइसोलेसनमा उनीहरुको पिसिआर परीक्षण हुँदैछ ।

आज उदयपुरमा १० र बिराटनगरमा एक गरि ११ नयाँ सङ्क्रमित

आज उदयपुरमा थप १० जना र विराटनगरमा एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको शंख्या ४२ पुगेको छ ।

यसअघि वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो । योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ ।

पछिल्ला ११ जना संक्रमितलाई बिराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् ।