Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज मात्र थप १० जना कोरोना संक्रमित भेटिए

By साझासवाल 3 मिनेट पढाइ

वैशाख २१, काठमाडौँ | नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् जनाएको जानकारी अनुसार पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण हुने महिलाको शंख्या १४ जना छ भने ५५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको अवस्था छ । जस मध्ये ६० बर्षमाथिमा ९ जना रहेका छन् जस मध्ये ३ जना बृद्ध/वृद्धा निको भईसकेका छन् ।

जिल्लाअनुसार कोरोना संक्रमितहरुको शंख्या उदयपुरमा सबैभन्दा बढी रहेका छन् | यहाँ २८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बाँकेमा १० जना, पर्सामा ७ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, रौतहटमा ३ जना, बागलुङमा २ जना बारामा २ जना, चितवनमा २ जना, झापामा २ जना, रौतहटमा १ जना र रुपन्देहीमा १ जना रहेका छन् ।