2026-06-20 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

जेठ १८, काठमाडौँ | विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र  संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा  बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो ।

संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९  नेपालीको निधन भएको छ ।

त्यस्तै  अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ ।  यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार ४२५  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको  एनआरएन, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । 

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

एनआरएनएले सहजीकरण गर्ने

संक्रमितमध्ये करीब चार हजार पाँच सय नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

यसैबीच नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ ।  संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन  संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभयो ।

यसैबीच  संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो । छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ । बैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित  समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम