2026-06-20 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली स्वदेश भित्रिए

जेठ २२, काठमाडौँ | भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, “लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पुर्याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुपर्यो ।” उहाँले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताउनुभयो । सो काम  जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै नागरिकलाई सहयोग पुर्याउने जिम्मेवारी आउँदा कतिपय काम सोचेजस्तो हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

“एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौँ, भागेनौँ, निरन्तर काममा लागिरहेका छौँ”, नगरप्रमुख आचार्यले प्रदेश नं १ मा रहेको पिसीआर परीक्षण गर्ने तीन प्रयोगशालामध्ये एउटा बिग्रिएकाले रिर्पोट आउन ढिला हुँदा समस्या भइरहेको बताउनुभयो । लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था नरहेको बताउँदै कतिपय नागरिकलाई सम्बन्धित जिल्लाकै क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गर्ने भन्दै पठाउनुपर्ने बाध्यतासमेत रहेको उहाँको भनाइ छ ।

मेचीनगरमै प्राइमरी आइसोलेसन

बन्दाबन्दी शुरु हुनुभन्दा हप्ता दिनअघि नै ९३ हजार बढीको पूर्वीनाकामा स्वास्थ्य परीक्षण गर्न सफल झापाको मेचीनगर नगरपालिकाले नगरमै प्राइमरी आइसोलेसन बनाउने तयारी गरेको छ । नगरमै प्राइमरी आइसोलेसन बनाउन तयारी गर्ने प्रदेश नं १ मै मेचीनगर पहिलो नगरपालिका हो । नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्यचौकीमा ३० श्ययाको आइसोलेसनकक्ष बनाउने तयारी गरिरहेको छ । यसअघि सो स्वास्थ्यचौकीलाई क्वारेन्टिन बनाएर भारतलगायत तेस्रो देशबाट आएका नगरवासीलाई राखिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

उहाँले दिनादिनु भारतबाट आउने नेपालीको सङ्ख्या बढ्दै गएको र कचनकवल गाउँपालिकाबाट लगिएको १७ बिरामीलाई केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानले रातभर अस्पतालको गेट बाहिर राखिएको खबरले त्रसित भइ प्राइमरी अस्पतालको तयारीमा लागेको बताउनुभयो । “समस्या बढ्दै जाँदा प्रदेश नं १ को विराटनगर र धरानमा रहेको कोभिड अस्पतालमा भर्ना नपाउने अवस्था आउन सक्छ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “त्यस्तो अवस्थामा कोभिड अस्पतालकै जस्तो सङ्क्रमितले प्राथमिक उपचार पाउने व्यवस्थासहितको प्राइमरी आइसोलेसनकक्षको व्यवस्था नगरमै गर्न लागेका  हौँ ।” उहाँले धरान र विराटनगरकै जस्तो कोभिड अस्पताल नभए पनि जाँच र उपचारचाहिँ नगरकै स्वास्थ्यकर्मीद्वारा गर्न सकिने बताउनुभयो ।

मेचीनगरमै आइसोलेसन नबनाए भोलिका दिनमा नगरवासीको स्वास्थ्य सङ्कटमा पर्ने देखेर बेलैमा तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले विश्व महामारीका रूपमा फैलिएको यो कोरोना महामारीसँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताउनुभयो । उहाँले आवश्यक स्वास्थ्य सुरक्षणका सामग्री र नगरकै स्वाथ्यकर्मीको टोलीको प्रबन्ध मिलाइरहेको बताउँदै भन्नुभयो, “नगरवासीले भोको बस्नुपर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन दिँदैनौँ, यो हाम्रो बाचा हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ