जेठ २६, काठमाडौं । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

June 8, 2020
काठमाडौँ - KTM, समाज
नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुग्यो
By साझासवाल
2 मिनेट पढाइ