2026-06-20 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा सवारी साधनको चाप, तेल खपतमा वृद्धि

जेठ २७, काठमाडौँ | जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो ।

प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सवारी साधनको चाप बढेसँगै पेट्रोल र डिजेलको खपतमा समेत वृद्धि भएको छ । 

नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजेलको खपतमा १०० किलोलिटरसम्म वृद्धि भएको छ । गत शुक्रबारसम्म दैनिक २०० किलोलिटर पेट्रोल र ४०० किलोलिटर डिजेलको खपत हुँदै आएकामा आइतबार २२६ किलोलिटर पेट्रोल र ५२९ किलोलिटर डिजेल खपत भएको छ । सोमबार २८८ किलोलिटर पेट्रोल र ४३७ किलोलिटर डिजेल खपत भएको सो डिपोले जनाएको छ ।

प्रमुख यादवका अुनसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजेल ७५ प्रतिशत मौज्दात रहेको छ । क्षमता हुँदाहँुदै पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्याङ्करमा नै तेल राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अुनसार ८० ट्याङ्कर पेट्रोल र १२० ट्याङ्कर डिजेल डिपोमा राखिएको छ । लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको खपत हँुदै आएको थियो । 

डिजेल खपतमा कमी एशोसिएसन

आइतबारदेखि निजी सवारी साधन सञ्चालन हुँदा पेट्रोलको खपतमा वृद्धि भएता पनि डिजेलको खपतमा कमी आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ ।

पहिलाका तुलनामा पेट्रोलियम पदार्थको खपत केही मात्रामा वृद्धि भएता पनि डिजेल खपतमा कमी आएको एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पाङ्ग्रे निजी सवारी साधन सञ्चालनमा आउँदा पेट्रोलको खपतमा वृद्धि भएको हो । सार्वजनिक यातायात र उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ ।” 

एशोसिएसनका अुनसार आइतबारदेखि काठमाडौँ उपत्यकामा पेट्रोलको खपतमा ३० प्रतिशतले वृद्धि भएको छ भने देशैभरमा पेट्रोलियम पदार्थको खपतमा ३३ प्रतिशतले वृद्धि भएको छ ।

नयाँ रिफ्युलर थप 

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलर ९हवाईजहाजमा इन्धन भर्ने ट्याङ्कर० थप गरेको छ । नयाँ ल्याइएको दुई रिफ्युलर सोमबार भैरहवा भन्सार कार्यालयमा जाँचपास भएको निगमले जनाएको छ । नयाँ खरिद गरिएको चार रिफ्युलरमध्येमा दुई रिफ्युलर बन्दाबन्दीअघि नै ल्याइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ