Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालीकोटमा टिपर दुर्घटना, ३९ जना सवार टिपर कर्णालीमा खस्यो

By साझासवाल 2 मिनेट पढाइ

<p><b>२८ जेठ, काठमाडौं।</b> सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर&nbsp; बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।<br></p><p>हालसम्म दुईजनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए । सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए ।&nbsp;</p><p>सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।&nbsp; ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, उनले भने 'अरु विवरण आउने क्रममा रहेको&nbsp; छ ।’दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।</p>