जेठ ३०, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ४४८ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।

थपिएका संक्रमितमा ४२४ जना पुरुष र २४ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ ।

मन्त्रालयले हालसम्म कोरानो निको भएर ८७७ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ७८६ पुरुष र ९१ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

नेपालमा हालसम्म १ लाख २१ हजार ८६२ जनाको पिसिआर बिधिबाट परीक्षण भएको छ ।

नेपालमा कोरोना संक्रमित ५ हजार कटे (अपडेट)
Leave a Comment