जेठ ३१, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा ति मृतकको स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।

आज संक्रमित कहाँ-कहाँका ?

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।

निको भएकाहरुको विवरण

नेपालमा कोरोना संक्रमण निको भएर पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएका छन् । नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।

परीक्षण विवरण

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ९० हजार ५८२ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २ हजार ५३० आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख २७ हजार २ सय ८८ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५० हजार ५४९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४०४ जना रहेका छन् ।

June 13, 2020
काठमाडौँ - KTM, समाज
नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो, आज संक्रमित कहाँ-कहाँका ?
By साझासवाल
5 मिनेट पढाइ