२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा ६ जनासहित थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७, ४ असार बिहीबार १३:४२

असार ४, काठमाडौँ | नेपालमा थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८० महिला र ५९१ पुरुष गरी ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार ८४८ पुगेको छ । तीमध्ये ६१९ महिला र सात हजार २२९ पुरुष रहेका छन् ।  पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १८६ पुगेको छ । तीमध्ये ११४ महिला र एक हजार ७२ पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । 

थप दुई जनाको मृत्यु 

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट गएको २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ कैलालीका ४६ वर्षीय पुरुषको उपचारका क्रममा असार ३ गते सेती प्रादेशिक अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएको उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो । लगतै उहाँलाई प्रादेशिक अस्पतालमा सारिएको थियो । अस्पताल मै उहाँको निधन भएको हो । 

त्यस्तै लम्की चुहा नगरपालिका–२ कैलालीकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । टाउँकोमा लागेको चोटका कारण गत जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा भर्ना गरिएको ती महिलाको शल्यक्रिया गर्नुअघि यही असार २ गते पीसीआर टेष्ट गर्न स्वाब सङ्कलन गरिएको थियो । असार ३ गते उपचारत उहाँको अस्पतालमै निधन भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या २२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय