2026-06-20 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रालयद्वारा सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

शरद शर्मा ।असार ८, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखेको छ  । मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आइसियु बनाइएको बताउनुभयो । 

‘‘अहिले सङ्क्रमण बढदै गए भदौ २ गतेसम्म ४० हजार सङ्क्रमण हुने र तिमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आइसियु श्यया तयार पारेका छौँ ।’’

सङ्क्रमण बढदै गएपछि मन्त्रालयले प्रति प्रदेश दुई÷दुई वटा अस्पतालका दरले पाँच÷पाँच वटा आइसियु र दुई दुई वटा भेन्टिलेर बनाउन निर्देशन दिएको थियो ।  यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० आइसियु श्यया बनाएकोमा त्यो सङ्क्रमित बढ्दै गएपछि भेन्टिलेर र आइसियु शैय्या थप गरेको हो । मन्त्रालयले कोभिड –१९ सङ्क्रमितमध्ये अधिकांश गम्भीर प्रकारको बिरामी नहुने भएकोले अहिले बनाइएका भेन्टिलेटर र आइसियु श्ययाले पुग्ने आँकलन गरेको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले ९८ प्रतिशत सङ्क्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताउनुभयो । उहाँले सङ्क्रमण नदेखिएका बिरामीलाई भेन्टिलेटर र आइसियुको आवश्यकता नपर्ने बताउनुभयो । उहाँका अनुसार अहिले काठमाडाँैमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना आइसियुमा राखेर उपचार भइरहेको छ । 

मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई २०÷२० श्ययाको आइसियु बनाउने निर्देशन भए बमोजिम तयार पारेको जनाइएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अस्पतालमा रहेका १० मध्ये तीन सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताउनुभयो । अन्य सात जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ । उहाँले ति सङ्क्रमितलाई सास फेर्न गाह्रो हुने र क्लिनिकल्ली रुपमा ठिक नभएका सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताउनुभयो । निर्देशक डा राजभण्डारीले आइसियुमा रहेको बिरामी पनि त्यति गम्भीर खालका नभएको बताउनुभयो । 

अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेका छन् । नेपालमा पहिलो पटक चीनको वुहान शहरबाट आएका व्यक्तिमा गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कूल नौ हजार २६ जना सङ्क्रमण देखिएका छन् । तिमध्ये एक हजार ५७८ जना डिस्चार्ज भएका छन् भने २३ जनाको कोभिड–१९ को कारणले निधन भएको छ । 

यसैगरी अहिलेसम्म सात हजार २३१ सङ्क्रमित आइसोलेशनमा छन् । एक लाख ७५ हजार १७३ जनाको पीसीआर र दुई लाख ६२ हजार १७४ को आरडीटी परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ