<p>असार ९, काठमाडौँ | मंगलबार थाइल्याण्डबाट पूर्वयूवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र नेपाल फिर्ता भएका छन् । छोराछोरी भेट्न थाइल्यान्ड गएकी पूर्वयूवराज्ञी हिमानी शाह तीन महिनापछि आज (मंगलबार) स्वदेश फर्केकी हुन् । <br></p><p>थाइल्यान्डको बैंककमा अध्ययनरत छोराछोरी भेट्न गएकी शाह लकडाउनका कारण नेपाल फर्किन पाएकी थिइनन् । नेपालले लामो समयसम्म अन्तर्राष्ट्रिय उडान गर्न रोकेपछि नेपाल फिर्ता हुन नपाएकी उनि मंगलबार विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने क्रममा हिमानी पनि स्वदेश फिर्ता आएकी हुन् ।</p><p>मंगलबार दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरू होटल क्वारेन्टिनमा बसेका छन् । हिमानीका दुई छोरी पूर्णिका र कृतिका भने उता पढाइ सुरु भइसकेकाले बैंककमै बसेका छन् । </p>
June 23, 2020
काठमाडौँ - KTM, समाज
उद्दार उडानमा पूर्वयूवराज्ञी हिमानी र छोरा हृदयन्द्र पनि !
By साझासवाल
2 मिनेट पढाइ










