२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्ती

२०७७, १४ असार आईतवार ०४:३५

असार १४, काठमाडौँ। जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीलाई कोभिड १९ बाट सचेत हुँदै विभिन्न कार्यक्रम गरी साताव्यापीरुपमा मनाइँदै छ । ‘मदन भण्डारी फाउण्डेशन’ले  आज मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । भण्डारीको जन्म जयन्तीका कारण यही असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक आज स्थगन गरिएको छ । 

फाउण्डेशनले यही असर ७ गतेदेखि जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने र रोपेका विरुवाको संरक्षण गर्ने, फलफूल तथा तरकारीका बिऊबिजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने, गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक केन्द्रीत कार्यक्रम गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय तहसँग कोरोना भाइरसबाट संक्रमित नागरिकको व्यवस्थापन र हेरचाहमा सहयोग गर्ने, यातायात क्षेत्रमा परेको असरबारे अन्तरक्रियाको आयोजना गर्ने र आज संक्रमणका कारण उपचारमा रहेका र वृद्धाश्रममा रहेका नागरिकलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ । 

यसैगरी सामाजिक सञ्जालमार्फत कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमहरु, मदन भण्डारी रक्त कोष स्थापना, विभिन्न तहमा भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ र  भण्डारीका योगदानका बारेमा अन्तरक्रियाको आयोजना, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रमहरु राखिएकाका छन् ।

सरकारको नीति, कार्यक्रम र बजेटमार्फत आएका कार्यक्रका  अध्ययन विश्लेषण गरी कार्यान्वयनमा जोड दिने तथा छिमेकी देशलगायत प्रवासबाट फर्कने नेपालीको स्वास्थ्य, सुरक्षा र उनीहरुको व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गर्ने कार्यक्रम पनि गरिने जनाइएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय