२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमण पुष्टि, आज संक्रमित कहाँ-कहाँका ?

२०७७, १९ असार शुक्रबार १३:४०

असार १९, काठमाडौँ | देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो ।  

योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना उपचारपछि घर फर्किएका छन् ।   

थप एक जनाको मृत्यु    

कोरोना भाइरस सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । बानेश्वर बस्ने ८० वर्षका एक जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिनएको छ । मुटुको समस्या भएको उहाँको काठमाडौँको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

त्यसैगरी कोभिड–१९ बाट ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्लाहरुमा पाल्पा, सर्लाइ, रौतहट, दाङ, दैलेख, कैलाली, कपिलवस्तु महोत्तरी रहेका छन् । 

संक्रमित कहाँ-कहाँका ? 

नवलपरासीका १९, पर्साका १, चितवनका १, रौटहटका २९, अछामका २३०, बैतडीका ४०, बाजुराका ५३, डोटीका २४, कञ्चनपुरका ४५, डडेलधुराका २८, कैलालीका ५८, बागलुङका १ जना छन् । त्यस्तै पर्वतका ३, तनहुँ ९, कास्कीका २ , उदयपुरका ५, झापाका २८ , मोरङका ५, सिरहा २४, सप्तरी ८, धनुषाका १६, महोत्तरीका ६, पर्साका १, बझाङका १४, डोटी २३, कपिलवस्तुका ८, नवलपरासीका ९, सर्लाहीका १, सिन्धुपाल्चोकका १, पाल्पा १, सल्यानका ८, बर्दियाका १०, दैलेखका १२, दाङका ९, रोल्पा १, सुर्खेतका ६ र कालिकोट १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय