Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चन्द्रागिरि नगरपालिकामा दुई वर्षमा ६७ उजुरी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २१,  काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा ४६ र आव २०७६÷७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् ।

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करार, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको जानकारी दिनुभयो ।

नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ ।  “हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ ।

उहाँले उजुरी कर्ता र कसका लागि दिएको ती व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने गरिएको बताउनुभयो । यसपछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याइदै आएको उहाँले जानकारी दिनुभयो

नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ । हालसम्म ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप सम्बन्धी तालीम दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ । नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गरिँदै लैजाने उहाँले बताउनुभयो ।रासस