असार २६, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२ जना संक्रमित भेटिएका छन् । प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कूल कोरोना संक्रमित भई निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

६ वटा जिल्ला कोरोनामुक्त

नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसरी कोरोनामुक्त भएका जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ मुस्ताङ र हुम्ला हुन् ।

July 10, 2020
काठमाडौँ - KTM, समाज
थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण, काठमाडौँमा सबैभन्दा बढी
By साझासवाल
2 मिनेट पढाइ