असार ३०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टाको अपडेट अनुसार थप ११६ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

त्यस्तै आज ३४ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । यो संगै कोरोना निको भएर घर फर्कनेको संख्या भने १० हजार ३२८ पुगेको छ । यो संख्या नेपालको कूल संक्रमितको आधारमा ६०.५३ प्रतिशत हो ।

आज संक्रमित कहाँ-कहाँका ?

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमित भएका छन् जसमा धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९३ हजार ७३९ परीक्षणहरु गरिएका छन् ।

July 14, 2020
काठमाडौँ - KTM, समाज
पछिल्लो २४ घन्टामा ११६ कोरोना संक्रमित थपिए, संक्रमित कहाँ-कहाँका ?
By साझासवाल
3 मिनेट पढाइ