२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बाह्र अन्तर्राष्ट्रिय उडान

२०७७, ३१ असार बुधबार १६:०८

असार ३१, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज ५९२ नेपाली स्वदेश फर्किएका हुन् ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरेका छन् । यो सङ्ख्या उडान तथा अवतरण दुवैतर्फको हो ।

नेपाल एयरलाइन्सले दुबईबाट दुई उडान र दोहाबाट एक उडान गरी नेपाली घर फर्काउनेछ । त्यस प्रयोजनका लागि निगमका दुवै जहाज गन्तव्यतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । सोही एयरलाइन्सले चीनको कुनमिङ्गबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

यता हिमालय एयरलाइन्सको आजै अबुधाबीमा दुई र चीनको कुनमिङ्गमा एक चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज एयर अरेबियाले सारजाहाबाट १६६ नेपाली काठमाडौँ ल्याइएको छ । नेपालबाट ६ यात्रु लिएर गन्तव्य फर्किएको छ । कतार एयरवेजले जोहाबाट १४२ यात्रु काठमाडौँ ल्याएको छ भने फ्लाई दुबईले दुबईबाट ११८ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट एक शव पनि नेपाल ल्याएको छ । त्यस्तै सिल्क एयरलाइन्सले सिङ्गापुरबाट १४९ यात्रु तथा दुई बच्चा नेपाल ल्याएको छ । मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट १७ नेपाली ल्याएको छ भने काठमाडौँबाट ४० यात्रु लिएर गन्तव्य उडेको छ ।

बिहीबार पनि नेपाल एयरलाइन्सको चार र हिमालय एयरलाइन्सको पाँच गरी नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । दुवै एयरलाइन्सले रियाद, दमाम, दुबई, अबुधाबी र रियादबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने कार्यतालिका छ ।

आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका १० चार्टर्ड उडान भएका छन् । समिट एयर, सिम्रिक एयर, तारा एयर, मनाङ एयर, श्रीएयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय