Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज कोरोना संक्रमित १०१ जना कहाँ कहाँका ?

By साझासवाल

साउन २, काठमाडौँ | आज नेपालमा थप १०१ जना कोरोना संक्रमित भेटिएका छन् | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यो ६६ दशमलब १२ प्रतिशत हो ।

जिल्लागत तथ्यांक

पछिल्लो २४ घण्टामा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

मन्त्रालयले बिभिन्न ठूला सहरहरुमा कोरोना महामारी हटेझैँ मानिसहरुको भीड बढेको प्रति ध्यानाकर्षण गर्दै अहिलेसम्म कोरोना महामारी कायमै रहेको कारण अनावश्यक भीडमा नाजार, भीड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।